३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका, जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा



अ+ अ-

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको आगामी ‘मानवयुक्त मिसन’ सन् २०२५ जुलाई ३१ मा प्रक्षेपण गर्ने तयारी गरेका छन् ।

नासाले बिहीबार दिएको जानकारीअनुसार, यो मिसन फ्लोरिडास्थित नासाको केनेडी अन्तरिक्ष केन्द्रबाट अमेरिकी पूर्वी समय अनुसार दिउँसो १२ः०९ बजे प्रक्षेपण गरिनेछ । अन्तरिक्ष यानले शनिबार, अगस्ट २ तारिखको बिहान करिब ३ बजे आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ ।

“क्रू–११“ नाम दिइएको यस मिसनमा नासाका अन्तरिक्ष यात्री जिना कार्डम्यान र माइक फिन्के, जापानको एयरोस्पेस अनुसन्धान संस्थान ९जेएएकसए० का किमिया युई तथा रसियाको रोस्कोसमोस अन्तरिक्ष संस्थाका ओलेग प्लातोनोभ सहभागी हुनेछन् । यो मिशन नासाको ‘कमर्शियल क्रू कार्यक्रम’ अन्तर्गत स्पेसएक्ससँगको सहकार्यमा सञ्चालन हुन लागेको ११औं मानवयुक्त अभियान हो ।

कमर्शियल क्रू कार्यक्रम संयुक्त राज्य अमेरिका स्थित अन्तरिक्ष संस्था नासाले सुरु गरेको एक विशेष पहल हो, जसको उद्देश्य निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० सम्म मानवसहितको यात्रा सुरक्षित, भरपर्दो र लागत–प्रभावी तरिकाले सम्पन्न गर्नु हो ।

यस कार्यक्रम अन्तर्गत नासाले स्पेसएक्स र बोइङ जस्ता निजी कम्पनीहरूलाई आफ्नो अन्तरिक्ष यान विकास गर्न प्रोत्साहन दिएको छ, जसबाट सरकारी मात्र नभई व्यावसायिक साझेदारमार्फत पनि अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने सुविधा सुनिश्चित गरिएको छ ।

यसले अमेरिका भित्रैबाट अन्तरिक्ष यात्राको स्वदेशी क्षमतामा वृद्धि गर्दै आएको छ, साथै अन्तरिक्ष अन्वेषणलाई दिगो र प्रतिस्पर्धी बनाउने दिशामा ठोस कदम हो ।