३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्छः सांसद सिटौला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतको हितअनुसार संविधान संशोधन हुँदै जाने बताउनु भयो । अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताउनु भयो । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा काँग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको हितमा संविधान संशोधन हुँदै जान्छ । हामीले समग्र कुराको मूल्यांकन गर्नुपर्छ । संसदले गरेका क्रियाकलाप, संसदले बनाएका विधेयकहरु, संवैधानिक परिषद्ले गरेका निर्णयहरु, संवैधानिक निकायले गरेका कामहरु, काम कर्तव्य अधिकार निर्वाह गर्दा लिएको जिम्मेवारी, सबै तहका सरकारले गरेका कामहरुको एक पटक मूल्यांकन गर्न जरुरी छ । संविधान कार्यान्वयनको एक पटक कार्यान्वयन गरौँ । यथार्थपरक भएर जनताको हितमा काम गर्न कतै वाधक भएको भए संविधान संशोधन गरौँ । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ । यो मार्गचित्रमा यो सरकार पनि छ र हाम्रो पार्टी पनि छ । संविधान कार्यान्वयनको समीक्षा गर्ने र आवश्यकताअनुसार संशोधन गर्ने नीति तथा कार्यक्रममा भनेका छौँ ।’

सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।