२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पास लिएर क्यासिनो शैलीमा होटेलभित्रै जुवा, नौ व्यापारी पक्राउ



अ+ अ-

लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका नौ व्यापारी पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

होटेल सञ्चालक भारतीय निक्की जोगाईसहितलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको  महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालले बताए । उनका अनुसार पक्राउ पर्नेहरूमा नन्दकिशोर शर्मा, पुरुषोत्तमकुमार अग्रवाल, विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया र अशोककुमार अग्रवाल छन् । 

उनीसँग दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ ।

डिएसपी दाहाल भन्छन्, ‘क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्छ ।’ उनीहरूमध्ये एकजनासँग लकडाउनमा गाडी चलाउने पाससमेत फेला परेको डिएसपी दाहालले बताए ।  होटेल सञ्चालक निक्कीले लकडाउनमा पनि होटेलमा जुवा खेलाउँदै आएको खुलेको छ । नयाँ पत्रिका दैनिक