२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल टिमकी कप्तान साम्बा सम्मानित



अ+ अ-

लमजुङ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित हुनुभएको छ ।

आज गृह पालिका मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा आयोजित सम्मान तथा मस्र्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

उहाँले साम्बा जस्तै खेलाडी उत्पादन गर्न र खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको भनाइ छ । पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताउनुभयो । यस्ता सम्मानले अझै राम्रो र निरन्तर खेल्न पे्ररणा मिल्ने उहाँको भनाइ छ । गाउँपालिकाले भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरणसमेत गरिसकेको छ ।

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्नुभएको छ । भण्डारी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्ने गर्नुहुन्छ ।

नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढ्नुभएको छ । भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियामाको निन्जा ए लिग खेल्ने भएको छ । यसअघि युरोपको फ्रेण्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध हुनुभएको थियो । रासस