२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, १३ जना घाइते



अ+ अ-

सल्यान। सल्यानको कुमाख गाउँपालिका–२ स्थित बढाई ज्युला भन्ने स्थानमा बिहीबार दिउँसो यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दिउँसो करीब १ बजे भएको दुर्घटनापछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो। नजिकको प्रहरी चौकी नेटाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर वलीको नेतृत्वमा चार जनाको टोली उद्धारमा खटिएको थियो। त्यस्तै, इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा थप ६ जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

घाइतेहरूको उद्धार गरेर नजिकको स्वास्थ्य संस्थामा उपचारको व्यवस्था भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान जारी रहेको छ भने गाडी चालकको पहिचानसमेत खुलाइएको छैन।