३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्ने बताउनुभएको छ ।

नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताउनु भयो । नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिवद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताउनु भयो । समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्ने बताउनु भयो । देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण  भएको पनि बताउनु भयो ।  लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्ने बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न सकिँदैन । बरु यसलाई दिगो तुल्याउन हाम्रो राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिवद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्दछ । लगानी प्रवद्र्धन तथा अभियानको एउटा महत्वपूर्ण माध्यम अवश्य हो । जसले आत्मनिर्भर र समृद्ध नेपाल निर्माणको लक्ष्यलाई सार्थक तुल्याउन मद्दत गर्दछ । अब हामीले लगानीको ढोका खोल्ने कुरा गर्दछाँै भने त्यो ढोका केबल पुँजी र मुनाफाका लागि मात्र खोलिएको होइन । बरु त्यो ढोका सम्भावना र विश्वासका लागि पनि खोलिएको हो भन्ने ठान्नुपर्दछ ।’

‘हामीले हाम्रो समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्दछ । देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो । नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यि सबै आवश्यक छन् । तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ । हामीले के बिर्सिनु हुँदैन भने समृद्धि केबल मुठीभर मानिसहरुको लागि होइन,आम जनताको लागि हुनुपर्दछ । लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ ।   ’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन, विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । आर्थिक समृद्धिको यात्रालाई सार्थक तुल्याउन सक्रियतापूर्वक अग्रसर बन्न आग्रह गर्नुभयो । समृद्धि अब सपना नभइ संकल्प बन्नुपर्ने बताउनु भयो । विश्वभर छरिएका नेपालीकाबीचमा नेपालका उत्पादनलाई बजारीकरणको योजना बनाउनुपर्ने बताउनु भयो । युवा उद्यमशिलता प्रवद्र्धनमा पर्याप्त ध्यान दिनुपर्ने खाँचो रहेको बताउनु भयो ।