१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

हाजिर जमानीमा छुटे उच्च घरानिया व्यापारी जुवाडे

हाजिर जमानीमा छुटे उच्च घरानिया व्यापारी जुवाडे
अ अ+ अ-

कोरोना संक्रमण न्यूनीकरणका निम्ति सरकारले समाजिक दूरी कायम गराउन जारी गरेको लकडाउनका समयमा जुवाखालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेका छ ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको भए पनि प्रहरीले सबै जनालाई हाजिर जमानीमा छोडेको छ । कोरोनाको संक्रमण हुन सक्ने कारण देखाएर उनीहरुलाई राति आफ्नो घरमा सुत्न पठाउने र दिउँसो प्रहरी कार्यालयमा हाजिर हुन आउने भनिए पनि राजनीतिक तहबाट चर्को दबाबका कारण थुनामा नराखिएको स्रोत जनायो । पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले राजनीतिक दबाबका आधारमा प्रहरीले थुनामा राख्न नसकेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार जुवाडे व्यापारी छुटाउन बहालवाला र भूतपूर्व प्रहरीका उच्च अधिकारीहरूसमेत हात धोएर लागेका थिए । व्यक्तिसम्बन्धका आधारमा पक्राउ परेका जुवाडे व्यापारीलाई छुटाउन उनीहरुले विभिन्न तिक्रडम गरेका थिए । प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपियाँ नगद बरामद गरेको जनाएको छ । साथै १ हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरेको उल्लेख छ । स्रोतले भन्यो– ‘जुवामा प्रयोग भएका क्वाइन र चिप्सको मूल्यांकन सयमा होइन १० हजार रुपियाँमा गरिएको हुन सक्छ । अर्बौपति व्यापारीको खालमा १००/५० खेल हुँदैन १ हजार रुपियाँको क्वाइनलाई ५० हजार वा लाखमा गणना गरिएको हुनसक्छ । त्यसका लागि सूक्ष्म अनुसन्धानको खाँचो छ ।’

जुवाको खाल चलेको सूचनाका आधारमा प्रहरी छापा मारेपछि उच्च घरानियाँ व्यापारी रहेको रहस्य खुलेपछि प्रहरीलाई घटनालाई सामान्यकरण गर्न गाह्रो परेको छ । ‘अहिले ९ जना व्यापारीको साथबाट करिब ३ लाख नगद बरामद भएको मुचुल्का तयार गरिएको छ । विभिन्न बैंक, बीमा कम्पनीका सञ्चालक, अर्बौपति उद्योगपतिको खेल कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ’, स्रोतले भन्यो– ‘त्यहाँ अन्य गतिविधिहरु प्नि भएको सुराकी प्रहरीलाई आएको थियो । कि प्रहरीले अन्य जानकारी लुकायो कि जानकारी पाएन । जुवा मात्रै होइन त्यहाँ अन्य हुने अन्य गतिविधिमाथि पनि अनुशन्धान केन्द्रित गर्न जरुरी देखिन्छ ।’

पक्राउ परेका व्यापारीले सरकारले बजेट निर्माणसम्म पहुँच राख्छन् भन्ने उदाहरण एक साताअघि प्रस्तुत आगामी आर्थिक वर्षको बजेटबाट स्पष्ट भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधानमा चर्को कर लगाएको छ । तर, बजेट प्रस्तुत हुनु केही समयअघि विशाल ग्रुपले ल्याएको १७५ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भयो । यसबाट राज्यलाई करिब ५५ करोड रुपियाँ राजस्व नोक्सान भएको प्रारम्भिक अनुमान छ । राजस्वको दर बजेट सार्वजनिक हुनुअघि नै जानकारी पाउने व्यापारी अहिले जुवाको खालबाट समातिएका छन् । उनीहरूलाई जोगाउन सरकारका मन्त्री नलाग्ने कुरा भएन, फिल्डको प्रहरी त विचारमात्रै हो । स्रोतले भन्यो ।

जुवाको खालमा समातिएका व्यापारीको संलग्नता

अशोककुमार अग्रवाल

  • अवैतानिक महाविणज्यदूत गिनी
  •  म्यानेजिङ डाइरेक्टर, विशाल ग्रुप
  •  निर्देशक, लाइफ इन्स्योरेन्स कर्पोरेसन

 

रामचन्द्र संघाई

  •  निर्देशक, त्रिवेणी ग्रुप
  •  सञ्चालक, एनआईसी एसिया बैंक
  •  सरकारबाट गत वर्ष महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान प्रँप्त व्यक्ति

नन्दकिशोर शर्मा

  • अध्यक्ष, ज्योति लाइफ इन्स्योरेन्स

 

सुरेश अग्रवाल

  •  अध्यक्ष, सूर्या लाइफ इन्स्योरेन्स

विमल आहुजा

  • सञ्चालक विशाल ग्रुप

नेपाल समाचारपत्र दैनिक