७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर

वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तिमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्मविपरीत चलेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद घर्तिमगरले यस्तो आरापे लगाउनुभएको हो । उहाँले सरकार नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै तिव्र आलोचना गर्नुभयो । उहाँले विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा उपेक्षित हुँदै गएको भन्दै गम्भीर चिन्ता गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार न त नैतिक जगमा अडिएको छ नत संवैधानिक प्रक्रियामै । बरु यो सरकार सवैधानिक प्रक्रियाको योजनावद्ध र निर्लज्ज उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमूना हो । संसदीय अभ्यास, विधिको शासन, जनताको म्याण्डेड र संविधानको आत्मा यी सबै आज उपहेलित, उपेक्षित र पदीय दुर्गन्धले ढाँकिएको अवस्था देखिँदैछ ।’

सरकारमा सहभागि दलहरुले सर्मथन फिर्ता लिदा समेत सरकारले जनतालाई स्थायित्वको भ्रममा राखिराखेको उहाँको टिप्पणी छ । प्रधानमन्त्रीले संसदलाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको उहाँको आरोप छ । उहाँले संसद जनताको भरोसा नभई सत्ताको थिएटर बन्न पुगेको टिप्पणी गर्नुभयो ।