२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल



अ+ अ-

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताउनुभएको छ ।

ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताउनु भयो । बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उहाँको भनाइ छ । अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गर्नुभयो । आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो । यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’

नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको बताउनु भयो ।