१ भाद्र २०८३, सोमबार
,
Latest
विद्युतमा भ्याट लगाएर सरकारले जनतालाई सास्ती दिएको सीके राउतको आरोप विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल



अ+ अ-

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताउनुभएको छ ।

ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताउनु भयो । बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उहाँको भनाइ छ । अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गर्नुभयो । आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो । यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’

नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको बताउनु भयो ।