३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट भागेर आएका दिदीबहिनीले आत्महत्याअघि बनाएका थिए टिकटक



अ+ अ-

काठमाडौं । भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ ।

बिहीबार बिहान पौने ७ बजेतिर मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टीटारमा १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सिर्जना कँडेल मृत भेटिएका थिए । दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

यी दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ । उनीहरुले एउटै डोरीको पासो लगाएको फोटोसहित भिडिओ हालेका थिए । उक्त भिडिओमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो ’ बोलको गीत राखिएको छ ।

मृतक दुवै जना सुर्खेत पञ्चपुरी नगरपालिका-८ का रहेको खुलेको छ । उनका आमा-बाबु १०/१५ वर्षदेखि भारतमा काम गर्दै आएका थिए । उनीहरू करिब १५/२० दिनअघि मुम्बईबाट भागेका थिए । भारतबात भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पाइएको छ ।

पछि दुवै जना नेपाल आएर भक्तपुरको बोडेमा डेरा गरी बस्न थालेका प्रहरीले जनाएको छ । घरबेटीलाई आफूहरू विद्यार्थीहरू हौं र बुबाले नेपालकै कुनै होटलमा काम गरिरहेको भन्ने जानकारी दिएर डेरामा बसेका थिए ।

दिदीबहिनी मृत फेला परेपछि उनीहरुका एक जना आफन्त प्रहरीको सम्पर्कमा आएकी छन् । बुबा पनि भारतबाट नेपाल आउन लागेका उनले बताईन् ।

प्रहरीले उनीहरूको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाएको छ।