५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट भागेर आएका दिदीबहिनीले आत्महत्याअघि बनाएका थिए टिकटक



अ+ अ-

काठमाडौं । भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ ।

बिहीबार बिहान पौने ७ बजेतिर मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टीटारमा १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सिर्जना कँडेल मृत भेटिएका थिए । दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

यी दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ । उनीहरुले एउटै डोरीको पासो लगाएको फोटोसहित भिडिओ हालेका थिए । उक्त भिडिओमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो ’ बोलको गीत राखिएको छ ।

मृतक दुवै जना सुर्खेत पञ्चपुरी नगरपालिका-८ का रहेको खुलेको छ । उनका आमा-बाबु १०/१५ वर्षदेखि भारतमा काम गर्दै आएका थिए । उनीहरू करिब १५/२० दिनअघि मुम्बईबाट भागेका थिए । भारतबात भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पाइएको छ ।

पछि दुवै जना नेपाल आएर भक्तपुरको बोडेमा डेरा गरी बस्न थालेका प्रहरीले जनाएको छ । घरबेटीलाई आफूहरू विद्यार्थीहरू हौं र बुबाले नेपालकै कुनै होटलमा काम गरिरहेको भन्ने जानकारी दिएर डेरामा बसेका थिए ।

दिदीबहिनी मृत फेला परेपछि उनीहरुका एक जना आफन्त प्रहरीको सम्पर्कमा आएकी छन् । बुबा पनि भारतबाट नेपाल आउन लागेका उनले बताईन् ।

प्रहरीले उनीहरूको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाएको छ।




भर्खरै