५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति



अ+ अ-

भोजपुर । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो ।

सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङले बताउनुभयो । सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नालीलाई व्यवस्थित नगरिँदा माथीबाट भेला आएर पानी खेतमा पसेको हो । बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ ।”

खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दास्रो बाली विस्तार गर्ने किसान बताउँछन् । बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सकजीकरण गर्नुपर्नेमा तामाङले जोड दिनुभयो ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।




भर्खरै