२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साका थप ७ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप ७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरु पर्साको कालिकामाईका ४, सखुवाप्रसौनीका २ जना र विन्दबासिनी गाउँपालिकाका १ जना रहेका छन् ।

संक्रमित सबै क्वारेन्टाइनमा बसेका १६ देखि ४९ वर्षसम्मका पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ।