काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारमा विज्ञहरूसँग छलफल गर्न लागेका छन्। विज्ञहरूसँग प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामाका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार ओलीले छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाइएका छन् । छलफल बुधवार दिउँसो ४ बजेका लागि तय भएको छ।
छmफलमा मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको थापाले जानकारी दिए।