१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ-प्रदेश प्रमुख देवकोटा



अ+ अ-

बागमती। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक सवालमा राष्ट्रिय मानव अधिकार आयोग संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख देवकोटाले पछिल्लो समय देशका विभिन्न भागमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकाले मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्ने बताउनुभयो ।

समाजमा अझै विकृति, विसङ्गति, विभेद कायम रहेकाले मानव अधिकारको सवाल चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उहाँले विभिन्न समस्याका बाबजुद आयोगले मानव अधिकारको सवालमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आयोगका समस्या र बाधा हटाउन आफूले सरकारसँग समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन बुझाउनुभयो । संविधानको धारा २९४ को उपधारा (३) मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा छुट्टाछुट्टै प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्थाअनुसार प्रदेश प्रमुखसमक्ष आव २०८१/८२ को प्रतिवेदन बुझाएको प्रमुख भट्टले बताउनुभयो ।

प्रमुख भट्टका अनुसार आयोगको बागमती प्रदेश कार्यालयमा आव २०८१/८२ मा मानव अधिकार हननका २२ वटा उजुरी दर्ता भएको छ । रासस