सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको विचार व्यवहारमा उतार्न सक्दा मात्र राष्ट्रको दीर्घकालीन हित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
एमाले जिल्ला कमिटी सुर्खेतद्वारा आज आयोजित उहाँले पुष्पलालको योगदानप्रति श्रद्धा व्यक्त गर्दै देशप्रेम, समाजवाद र समानताको पक्षमा उहाँले देखाएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
“कमरेड पुष्पलालले व्यक्तिगत लाभभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकता दिएका थिए, त्यो सोच आजको नेतृत्व र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो । उहाँले पुष्पलालको सिद्धान्त, सङ्गठन निर्माण र सङ्घर्षको शैलीबाट अहिलेको नेतृत्वले धेरै सिक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले भन्नुभयो, “आज हामीले पनि आदर्श मात्र होइन, व्यवहारमा लागू हुने नीति रोज्नुपर्छ ।” कार्यक्रममा एमालेका प्रदेश, जिल्ला, स्थानीय नेता र स्थानीय जनप्रतिनिधि, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । रासस










