२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन

मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल

मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताउनुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीमा उहाँले संयुक्त जनआन्दोलनको नीतिका आधारमा आफूहरुले निर्माण गरेको बृहत्तर मोर्चाका साथै तत्कालीन सात दलको संयुक्त जनआन्दोलनका बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताउनुभयो ।

सबै देशभक्त कम्युनिष्टले पुष्पलाललाई साझा व्यक्तिका रूपमा स्वीकार्ने बताउँदै अध्यक्ष दाहालले सबै कम्युनिष्ट एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले सामाजिक विज्ञानको अनुसन्धानकर्ता, दार्शनिक, चिन्तकका रुपमा आफूले पुष्पलाललाई स्मरण गर्दै आफू ३६ वर्षदेखि नेतृत्वमा रहेर भिन्न मतलाई सम्मान गर्ने गरेको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनअधिकार स्थापनाका लागि निरङ्कुशताविरुद्धको सङ्घर्षमा पुष्पलालले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले हाल देशमा थुप्रै कम्युनिष्ट पार्टी छरिएकाले तिनलाई एकीकृत गर्न सकेमा पुष्पलालप्रति साँचो सम्मान हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले निरङ्कुशताविरुद्ध सङ्घर्ष अगाडि बढाउन पुष्पलालले वर्ग विश्लेषण र राजनीतिक विश्लेषण गर्दै कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो । पुष्पलालले कुशल सङ्गठकको भूमिका निर्वाह गरेको स्मरण उहाँले गर्नुभयो ।

जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठले सामाजिक असमानता, विभेद्को अन्त्य गर्न कम्युनिष्ट एकताको खाँचो औँल्याउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकामी राजनीतिक शक्तिलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेका पुष्पलालको वैचारिक दृष्टिकोणको सराहना गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलन अहिले जालझेल र षड्यन्त्रमा रुमल्लिरहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । रासस