२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलो पटक पाँच महिनाको शिशुसहित थप १६ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा पहिलो पटक पाँच महिनाको शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार पाँच महिनाको शिशुसहित कर्णाली प्रदेशमा १६ जना संक्रमित थपिएका हुन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।