३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच टेस्ट क्रिकेट जुलाई ८ बाट शुरु



अ+ अ-

आगामी जुलाईमा इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच तीन वटा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट हुने निश्चित भएको छ ।

वेस्ट इन्डिज बिरुद्धको पहिलो खेल एजिस बाउल खेल मैदानमा जुलाई ८ मा शुरु हुनेछ । अन्य दुई खेल इमिरेट्स ओल्ड ट्राफोर्डमा जुलाई १६ र २४ मा शुरु हुँदैछन् । अर्थात २१ दिनको अन्तरालमा तीनवटै खेल सम्पन्न हुनेछन् ।

कोरोनाभाइरसका कारण यी तीनवटै खेल बन्द रंगशालामा खेलिने आयोजक इङ्ल्यान्डले जनाएको छ ।

उक्त प्रतियोगिताका लागि वेस्ट इन्डिजको टोली जुन ९ तारिखमा इङ्ल्यान्ड पुग्नेछ । त्यसपछि इन्डिजका खेलाडीहरु प्रारम्भिक क्वारेन्टाइन र तालिममा रहने छन् ।

  • पहिलो टेस्टः ८–१२ जुलाई, साउथह्याम्प्टन
  • दोस्रो टेस्टः १६–२० जुलाई, ओल्ड ट्राफोर्ड
  • तेस्रो टेस्टः २४–२८ जुलाई, ओल्ड ट्राफोर्ड

कोरोनाभाइरसका कारण यसअघि तोकिएको मिति र खेल स्थल दुबै परिवर्तन भएका हुन् ।