१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच टेस्ट क्रिकेट जुलाई ८ बाट शुरु



अ+ अ-

आगामी जुलाईमा इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच तीन वटा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट हुने निश्चित भएको छ ।

वेस्ट इन्डिज बिरुद्धको पहिलो खेल एजिस बाउल खेल मैदानमा जुलाई ८ मा शुरु हुनेछ । अन्य दुई खेल इमिरेट्स ओल्ड ट्राफोर्डमा जुलाई १६ र २४ मा शुरु हुँदैछन् । अर्थात २१ दिनको अन्तरालमा तीनवटै खेल सम्पन्न हुनेछन् ।

कोरोनाभाइरसका कारण यी तीनवटै खेल बन्द रंगशालामा खेलिने आयोजक इङ्ल्यान्डले जनाएको छ ।

उक्त प्रतियोगिताका लागि वेस्ट इन्डिजको टोली जुन ९ तारिखमा इङ्ल्यान्ड पुग्नेछ । त्यसपछि इन्डिजका खेलाडीहरु प्रारम्भिक क्वारेन्टाइन र तालिममा रहने छन् ।

  • पहिलो टेस्टः ८–१२ जुलाई, साउथह्याम्प्टन
  • दोस्रो टेस्टः १६–२० जुलाई, ओल्ड ट्राफोर्ड
  • तेस्रो टेस्टः २४–२८ जुलाई, ओल्ड ट्राफोर्ड

कोरोनाभाइरसका कारण यसअघि तोकिएको मिति र खेल स्थल दुबै परिवर्तन भएका हुन् ।