७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग
अ+ अ-

चितवन । अमेरिकामा हुर्किएका १७ वर्षीय साभर थापा शाहीले चितवनका विकट भेगका २७५ विद्यार्थीका लागि पोसाक, शैक्षिक र स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । उहाँले करिब रु पाँच लाखभन्दा बढीको सामग्री सहयोग गर्नुभएको हो ।

भौगोलिक विकटतासँगै आर्थिक अवस्थाले अभाव झेलेका बालबालिकाका लागि अमेरिकामा रहेका विद्यार्थीसँग समन्वय गरेर सहयोग जुटाइएको हो । आर्थिक अभावले पठनपाठनमा समस्या भोगेका विद्यार्थीको अवस्था देखेर अमेरिकाको टेक्सासमा बस्ने साभरले आफ्ना साथीसँग जोगाएको खाजा खर्चले विकटका विद्यार्थीले झोला, कापी, कलम, पोसाक, जुत्ता र स्वास्थ्य सामाग्री पाएका हुन् ।

भरतपुर महानगरपालिका–२९ मा रहेको रातामाटे, डुम्रे, कमलपुर र राप्ती नगरपालिका–१२ को डिहिटारका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । राष्ट्रिय आधारभूत विद्यालय रातामाटेमा कक्षा ५ मा अध्ययन गर्ने रितु तामाङले भन्नुभयो, “पढ्ने सामान पायौँ, खुसी छौँ, झोला, लुगा पायौँ, अब ढुक्कले पढ्ने हो ।”

त्यस्तै, भरतपुर–२५ स्थित सोसी विद्यालय र माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका २७५ विद्यार्थीलाई पनि उहाँले सहयोग गर्नुभएको छ । साभारले विकसित र विकटका विद्यार्थीको समन्वय गराउन खोजेको बताउनुभयो ।

चितवनमा नै रहेर दन्त उपचारमा सक्रिय चिकित्सक दम्पतीले सञ्चालन गरेको डा अजय न्यौपाने डा सरु थापा फाउन्डेसनले समन्वय गरेर यहाँका विकट गाउँमा सहयोग उपलब्ध गराइएको हो । नेपालमा आउने क्रममा साभारले गरिब र विकटका विद्यार्थीबारे थाहा पाएको बताउनुभयो । आफ्ना ठूलो बुबा डा अजय र ठूलीआमा डा सरुले गरेको सामाजिक कामले आफू प्रभावित भएर अमेरिकामा रहेका साथीलाई नेपालसँग जोड्न लागेका बताउनुभयो । विकटका बालबालिकाको सहकार्य र सहयोग दिगो बनाउने योजना रहेको फाउन्डेसनका अध्यक्ष डा अजयले बताउनुभयो । रासस