२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’



अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले १२ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले तीनवर्षे सिभिल इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ जना विद्यार्थीलाई अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थी आर्थिक अभावमा प्राविधिक शिक्षा लिनबाट वञ्चित नबनून् भन्नका लागि सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा पढाउन लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले अनुदानको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

“अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो”, अध्यक्ष राईले भन्नुभयो, “आर्थिक अभावमा विद्यार्थीहरू गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहुन भन्नका लागि १२ जना विद्यार्थीलाई सतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा प्रदान गर्दैछौँ । यहाँ आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” रासस