५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराको छुरा प्रहारबाट बुबाको मृत्यु



अ+ अ-

धरान । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ ।

आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो ।

निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताउनुभयो ।