५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मन्त्री चौधरीको अध्यक्षतामा २८५ सदस्यीय अन्तरराष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन

मन्त्री चौधरीको अध्यक्षतामा २८५ सदस्यीय अन्तरराष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन
अ+ अ-

भक्तपुर।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ सदस्यीय अन्तरराष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ ।

आज राष्ट्रिय युवा परिषद्ले सानोठिमीस्थित परिषद्को कार्यालयमा आयोजना गरेको बहुपक्षीय सरोकारवालाको भेलाले मन्त्री चौधरीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो ।

हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वव्यापी रूपमा मनाइने अन्तरराष्ट्रिय युवा दिवसलाई भव्य रूपमा आयोजना गर्ने उद्देश्यले परिषद् अध्यक्षसमेत रहेका मन्त्री चौधरीको नेतृत्वमा समिति गठन गरेको हो ।

साउन २७ गते हुने अन्तरराष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ मनाउन समिति गठन गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

समितिमा विभिन्न आठ मन्त्रालयका सचिवहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक, नेपाल स्काउटका प्रमुख आयुक्त, प्रदेश युवा परिषद्का उपाध्यक्षसहितका प्रतिनिधि रहनेछन् ।

समितिमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय निकायहरूका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरसरकारी संस्था महासङ्घ नेपाल, हिसान, प्याब्सन, एनप्याब्सनलगायतका विभिन्न निकायको प्रतिनिधि पनि हरने व्यवस्था गरिएको छ ।

समितिमा विभिन्न युवा तथा विद्यार्थी सङ्घ सङ्गठनका प्रतिनिधि, परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध सङ्घ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहने निर्णय भएको छ ।

समितिले सन् २०२५ का लागि संयुक्त राष्ट्रसङ्घले अघि सारेको मूल नारालाई नेपालीकरण गरी‘दिगो विकास र सुनौलो भविष्यको सार स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारा तयार गरेको छ । रासस