२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा बालविवाह नियन्त्रणका लागि साझा अभियान समिति गठन



अ+ अ-

कालीकोट। बाल अधिकार संरक्षण र बालविवाह न्यूनीकरणका उद्देश्यसहित कालीकोटमा नयाँ समिति गठन गरिएको छ।

बालविवाह विरुद्ध साझा अभियान नामक सञ्जालको जिल्लास्तरीय शाखा मानवअधिकारकर्मी कालीबहादुर मल्लको नेतृत्वमा गठन गरिएको हो।

नवगठित समितिमा उपाध्यक्ष राजेन्द्र सहकारी, सचिव नमराज योगी, सहसचिव नेत्रबहादुर शाही र कोषाध्यक्ष निस्ताकुमारी कार्की चयन भएका छन्। त्यस्तै, पार्वती चौलागाईं, ललित विष्ट, डिल्लीप्रसाद चौलागाईं, दिलु बम, निदरा सुनार र रमेश सुनार सदस्यका रूपमा रहेका छन्।

पूर्वअध्यक्ष खडानन्द अधिकारीका अनुसार कर्णाली प्रदेशका सबै १० जिल्लामा यस्ता समितिहरू गठन गरिएका छन्। ती समितिहरूले बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम, अन्तक्रिया, सडक नाटक तथा निगरानी अभियान सञ्चालन गर्दै आएका छन्।

स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै बालमैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएको उक्त सञ्जालले आगामी दिनमा विद्यालयस्तरमै सचेतना विस्तार गर्ने योजना बनाएको छ।




भर्खरै