२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको हिसाबकिताब सार्वजनिक गर्न क्यानको तयारी, साउन १५ मा बोर्ड बैठक



अ+ अ-

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) मा आन्तरिक विवाद फेरि चुलिएको छ। विशेषगरी गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को आम्दानी–खर्च विवरण सार्वजनिक नहुँदा असन्तुष्ट पक्षले नेतृत्वमाथि कडा आलोचना गरिरहेको छ।

यही सन्दर्भमा क्यानको बोर्ड बैठक साउन १५ गते बस्ने तय भएको छ। अध्यक्ष चतुरबहादुर चन्दसँगको परामर्शपछि सचिव पारस खड्काले बैठक आह्वान गरेका हुन्। बैठकमा एनपीएलको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने र त्यसपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी छ।

एनपीएलको पहिलो संस्करण सचिव खड्काको नेतृत्वमा सम्पन्न भएको थियो। उनले प्रतियोगिताबाट संघ नाफामा रहेको दाबी गरे पनि विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

यसैबीच, असन्तुष्ट पक्षले बैठक बहिस्कार गर्ने वा उपस्थित भएर हस्ताक्षर नगर्ने रणनीतिमा छलफल गरिरहेको स्रोतको दाबी छ। उनीहरूले नेतृत्वमाथि पारदर्शिताको अभाव भएको आरोप लगाएका छन्।

क्यान अध्यक्ष चन्द र सचिव खड्काले भने सदस्यहरुलाई बोर्ड बैठकमा उपस्थित भई आफ्नो कुरा राख्न वैधानिक माध्यम अपनाउन आग्रह गरेका छन्। क्यानका प्रवक्ता छुम्बी लामाले बैठकका एजेन्डाहरू अझै टुंगो लाग्न बाँकी रहेको जानकारी दिएका छन्।