१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ । ग्राहकका बीचमा त्यही भेटिनुहुन्छ, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उहाँले आफ्नो परिवार चलाइरहनुभएको छ ।

करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उहाँ सहचालकका रूपमा काम गर्दा दुर्घटनामा पर्नुभयो । उहाँको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उहाँ घर फर्किनु भयो । “घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “विसं २०५४ मा मुगुबाट गजरौला झरे, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरे ।”

श्रीमती लक्ष्मीका साथमा उहाँ चिया, समोसा र पकौडा बनाउनुहुन्छ । दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउनुहुनछ । त्यसमा उहाँका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । पसलकै कमाईले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उहाँले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गर्नुभएको छ ।

दैनिक रु २०० सहकारीमा बचत गर्ने उहाँले वार्षिक रु एक लाखसम्म बचत गर्ने गरेका छन् । उहाँको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाईले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोग्नुभएको छैन । “विसं २०६० तिर आगलागीले पसलका सबै सामान जले”, उहाँ विगतलाई सम्झँदै भन्नुहुन्छ, “विसं २०६४ मा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिन् ।”

सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उहाँले बताउनुभयो । “हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ”, स्थानिय युवा सुरेश विक भन्नुहुन्छ, “स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उहाँले गरेको सङ्घर्ष अनुकरणीय छ ।”

उहाँका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हट्नुभएको छैन । उहाँले भन्नुभयो, “तिवारीको सङ्घर्ष देख्दा शारीरिक अपाङ्गता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ, पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ, तर श्रम, इमान र निरन्तरता छ, त्यसैले ग्राहले उहाँलाई रुचाउँछन् ।” रासस