२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठकमा विद्या भण्डारीलाई राजनीतिमा ल्याउन नहुने मत बलियो



अ+ अ-

काठमाडौँ । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ ।

केन्द्रिय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताहरुले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका हुन् । उनीहरुले गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक विषय मात्रै नभएको बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवको रुपमा रहीसकेको व्यक्ति कुनै राजनीतिक दलमा प्रवेश गर्नेकुरा एउटा राजनीतिक दलको विषय मात्रै नभएको बताउनु भयो । उहाँले यो विषयलाई आागमी दिनमा पर्ने प्रभावलाई मध्यनजर गरेर संविधानको भावना र मर्मअनुसार नजिर स्थापित हुनेगरी निर्णय लिनुपर्ने बताउनु भयो । केन्द्रिय कमिटीको बैठकले यसबारे निर्णय लिने उहाँको भनाइ छ । एमालेमा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म केन्द्रिय कमिटीका ५८ जना सदस्यहरुले धारणा राख्नुभएको छ । अब ७७ जना बाँकी हुनुहुन्छ । बैठकमा पार्टी सदस्यताको विषय गम्भीरतापूर्वक उठेको छ । अधिकांश सदस्यहरुले पार्टी सदस्यता दुई वटा राख्नु उचित भएको बताउनुभएको छ । यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्ने राय आएको छ । नेकपा एमालेको १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको छ । २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको छ । सरकारको प्रभावकारीता, महंगी नियन्त्रण, डेलीभरी व्यवस्थित गर्ने, सुशासन कायम गर्न विशेष जोड दिन सुझाव आएका छन् । पूर्वराष्ट्रपतिज्युको पार्टी सदस्यता नविकरण र पार्टीमा प्रवेश गर्नेकुरा अधिकांश सदस्यहरुले जिज्ञासा राखेका छन् । साझा व्यक्तित्व भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक र एउटा पार्टी विशेषको विषय होइन । यो नयाँ विषय हो । यसले भोलि जनतामा, प्रणाली, व्यवस्थामा के प्रभाव पर्दछ, संविधानको भावना र मर्मको कस्तो नजिर र अभ्यास हुन्छ भन्नेकुरामा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने अधिकांश केन्द्रिय सदस्यहरुको जोड छ । यो निकै महत्वको विषय भएकाले केन्द्रिय कमिटीको बैठकले निर्णय लिनेछ ।’

उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रवेश गर्न दिनेकुरा राजनीतिक आन्दोलनमा पार्ने प्रभावलाई ध्यानमा राखेर निर्णय हुने पनि बताउनु भयो ।