२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कृषि र खानेपानी सम्बन्धी विषयमा सरकारले पटक पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन नसकेको र यो जलवायु परिवर्तनको प्रभाव रहेको बताउनु भयो । मधेसमा खानेपानीको पनि हाहाकार रहेको बतउनु भयो । रोपाईं गरिएका खेतहरुमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने स्थितिमा रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ । गएको शुक्रवारदेखि नेपाल सरकार हामी विशेष गरी कृषि सम्बन्धी र खानेपानी सम्बन्धी विषयमा पटक पटक बैठक गरेका छौँ । मुलुकको मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन सकेन । खानेपानीको हाहाकार छ । जमिनहरु धाँजा फाटेर उत्पादन हुन नसक्ने परिस्थिति जलवायु परिवर्तनका कारणले भएको छ ।’

मन्त्री अधिकारीले आवश्यक पर्ने ठाउँमा पानीको अभाव रहेको बताउनु भयो ।