२१ श्रावण २०८३, बिहीबार
,
Latest
बाँकेमा थपिए तीन हजार ७७६ मतदाता मन्त्रीको बादीको स्पष्टिकरणः महिलामाथि हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड कम गर्न ‘ब्लु बस’ सेवा पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद आलेमगरले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरोधी साइनबोर्डहरु उखेलेर फाल्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भ्रष्टाचारीमो मुख हेर्ने मात्र नभई मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्ष महोदय म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ । किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ । भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्मननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि  मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ । र थेग्न नसक्नेपछि निलम्वन गर्नुहुन्छ । एक जना मन्त्रीलाई निकाल्नुभयो । अर्को एक जना पाइपलाईनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन ?’

उहाँले भ्रष्टाचारमा संलग्न पाइपलाइनमा रहेका मन्त्रीको लाइफलाइन छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो ।