काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको सिद्धान्त र स्थापित मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको बताउनु भएको छ ।
बीपी स्मृति दिवसका अबसरमा बी।पी। स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनु भएको हो । सभापति देउवाले बीपीका कालजयी विचार ग्रहण गर्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।
उहाँले भन्नुभयो ‘बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको छ ।’
उहाँले भन्नुभयो ‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो ।’
राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि देउवाले बताउनु भयो ।










