२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी प्रहार गरेको आरोपमा सुर्खेतबाट एक पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एक होटल कर्मचारीमाथि खुकुरीसहित आक्रमण गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति वीरेन्द्रनगर–१ निवासी विनोद गिरीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका गिरीलाई सोमबार सार्वजनिक गरिएको छ।

गिरीले शनिबार राति वीरेन्द्रनगर–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालिमा कार्यरत एक कर्मचारीमाथि खुकुरी र मुक्का प्रहार गरेका थिए। आक्रमणका कारण कर्मचारी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनाबारे पुष्टि गरेका छन्।

गिरीको विगत पनि आपराधिक गतिविधिले भरिएको देखिन्छ। प्रहरीका अनुसार, उनीमाथि २०७० मंसिरमा डाँका तथा लुटपाट, २०७० चैतमा ज्यान मार्ने उद्योग, र २०७१ मा सार्वजनिक अपराधलगायतका मुद्दा दर्ता भएका थिए।

त्यसैगरी २०७८ सालमा धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा समेत उनीमाथि मुद्दा दायर गरिएको थियो। पछिल्लो पटक २०८० जेठमा पनि उनीमाथि पुनः ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो।

सम्बन्धित तथ्यहरूका आधारमा, गिरीलाई निगरानीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।