• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बनेका सञ्चारकर्मी ‘रन्जित पौडेल’ (भिडियोसहित)



मोडल तथा संचारकर्मी रन्जित पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै आएका छन। छोटो समयमानै दर्शक श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्दै आएका चल्तीका मोडल हुन । सर्लाहीका स्थाई बासिन्दा मोडल तथा संचारकर्मी रन्जित पौडेल बिगत केहि बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर संचार क्षेत्र तथा मोडलिङ क्षेत्रमा स्थापित हुदै आएका मोडल तथा संचारकर्मी हुन । सानै उमेर देखि कला तथा संचार क्षेत्रमा काम गर्दै आएका मोडल रन्जित पौडेल एक बहु प्रतिभाका धनि कलाकारको रुपमा परिचित छन।

बिगत ४ बर्ष देखि टेलिभिजनमा भिजे तथा प्रोडुसरको भूमिका निर्बाह गर्दै आएका संचारकर्मी तथा मोडल रन्जित ईण्डियामा समेत गएर अभिनयको क्लास लिएर आइ सिने नगरीमा आफुलाई अब्बल साबित गर्दैछन। नेपालको राष्ट्रिय नाच घर बाट समेत अभिनय क्षेत्रमा प्रशिक्षण लिएका रन्जितले लामो समय देखि विभिन्न टेलिभिजन तथा रेडियोमा आर्जे भिजेको काम गर्दै आएका छन।
 
दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा सफल अभिनय गरेर आफ्नो कला प्रस्तुत गरि सकेका रन्जित हेर्दा पनि त्यतिकै आकर्षण छन । हसिलो मुहार, चक्लेटी अनुहार भएका रन्जित अभिनय, नृत्यमा समेत पोख्त छन। भविष्यमा एक अब्बल कलाकार बनेर चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका मोडल रन्जित पौडेल एक सफल संचारकर्मीको रुपमा पनि चर्चित नाम हो । ब्यबसायिक मोडल तथा संचारकर्मीको रुपमा आफुलाई अघि बढाउने सोच लिएर मेहनत गर्दै गरेका रन्जित आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालाइ पनि उत्कृष्ट बनाउने सोच लिएर संचार तथा मोडलिङ क्षेत्रमा लागेको बताउछन ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्