१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पार्टी सदस्यता नविकरण १ लाख ३९ हजारले वृद्धि भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको केन्द्रिय कमिटी बैठकमा यसबारे जानकारी गराइएको हो । बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विगतको पार्टी सदस्यताको अवस्थालाई हेर्दा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको बताउनु भयो ।

पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको उहाँको दाबी छ । संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशिल भएर अघि बढेको बताउनु भयो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ०८४ मा लाग्नुपर्ने भएकाले पार्टीमा कुनै वैचारिक कुनै विवाद नभएकाले पार्टी पंक्तिलाई एकतावद्ध भएर प्रश्तुत हुन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँले आफूलाई मनमा लागेको कुरा खुलस्त भन्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको छ । आजको बैठकमा मुलभुत रुपमा जम्मा ४ वटा विषयमा छलफल हुनेछ । विधान महाधिवेशनको तयारीका सम्बन्धमा विधान संशोधन प्रश्ताव, संगठनात्मक तयारीका सम्बन्धमा, विधान व्यवस्थापनको तयारीका काम, विभिन्न समसामयिक प्रश्तावहरु रहेका छन् । केन्द्रिय कमिटीको बैठकलाई पार्टी र बैठकका अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण निर्देशन गर्नुभएको छ । हाम्रो पार्टी अहिले संगठन विस्तारको हिसावले पनि पार्टी विगतको पार्टी सदस्यताको अवस्थालाई हेर्दा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको छ । पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको रेकर्डबाट देखिएको छ । प्रारम्भिक रेकर्डबाट । संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशिल भएर अघि बढेको छ । अहिले पार्टी अध्यक्षले मूलतः पार्टीको सिंगो पक्तिलाई नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ०८४ मा लाग्नुपर्ने भएकाले पार्टीमा कुनै वैचारिक कुनै विवाद नभएकाले पार्टी पंक्तिलाई एकतावद्ध भएर प्रश्तुत हुन निर्देशन दिनुभएको छ । लागेको कुरा भन्ने भए खुलस्त भन्न निर्देशन दिनुभएको छ । नेपालको विकसित राजनीतिक घटनाक्रम, एमाले चौतर्फी आक्रमणको निशाना र यसबारे कसरी अघि बढ्ने भन्नेबारेमा विश्लेषण गर्नुभएको छ ।’

अध्यक्ष ओलीले नेपालको विकसित राजनीतिक घटनाक्रम, एमाले चौतर्फी आक्रमणको निशाना र यसबारे कसरी अघि बढ्ने भन्नेबारेमा विश्लेषण गर्नुभएको पनि जानकारी दिनुभयो ।