६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस पुरानो र मूल्यहिन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आज नेपाली काँग्रेसको मुख्य चुनौति भनेकै पुरानो र थोत्रो खराब हो र मूल्यहिन हो भन्नेकुरालाई चिर्नु रहेको बताउनु भयो । समाजमा स्थापित गर्न खोजिएको काँग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भयो । काँग्रेस पुरानो हुनुमा आफूलाई गर्व रहेको बताउनु भयो । काँग्रेसले देशमा धेरै परिवर्तन ल्याएको र योगदान गरेको बताउनु भयो । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर अघि बढ्न पनि काँग्रेस अघि बढिरहेको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘आज नेपाली काँग्रेस अगाडिको प्रश्न, चुनौति भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहिन भन्ने ढंगबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली काँग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई आफ्ना धेरै परम्पराहरुमा गौरव छ । यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली काँग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ । तर हामी सँगसँगै नयाँ जमानाको, नयाँ समाजका कुरालाई सिक्न पनि तयार छौँ । सुन्न पनि तयार छौँ । ग्रहण गर्न पनि तयार छौँ । आफूलाई नयाँ कुराको लागि तयार हुन पनि तयार छौँ । पुराना जुन राम्रा कुरा छन् त्यसलाई जोगाउँछौँ, नयाँ कुरा थप्दै जान्छौँ । नयाँ ज्ञानको खोजि गर्दछौँ, नयाँ नयाँ ढंगले विवेचना, मिमांशा गर्दछौँ । आजको समाजको समाधानलाई इतिहासको चेत राखेर पुरानो कुराबाट पनि हेर्छौं, २००७, २०४६, २०६२ को चर्चा गर्दछौँ, त्यो आन्दोलनको चश्माले पनि हेर्दछौँ । सँगै आजको समाजलाई आजकै युगको चेतनाका आधारमा बुझ्ने प्रयास गर्दछौँ र भोलिका निम्ति बाटो देखाउने प्रयास गर्दछौँ भन्ने काँग्रेस बनाउनुपर्छ ।’

महामन्त्री थापाले काँग्रेसमा थप बहस, थप छलफल, पठनपाठनको संस्कृति आवश्यक रहेको बताउनु भयो ।