पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय महिलाको आईतबार मृत्यु स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले जानकारी दिए ।
स्वासप्रश्वासमा समस्या देखिएपछि महिलालाई अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
हाल गण्डकी प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।










