२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाल र बङ्गलादेश भिड्ने, विजेताको टुङ्गो लाग्ने



अ+ अ-

काठमाडौं । अन्डर–ट्वेन्टीसाफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

यो खेलले विजेताको टुङ्गो लाग्ने छ ।

यस प्रतियोगितामा नेपाल र बङ्गलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आफ्नो दोस्रो तथा बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । नेपालले भुटान र श्रीलङ्कालाई भने हराएको थियो ।

यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा विजेता बन्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । बङ्गलादेशलाई हराएको खण्डमा गोल अन्तरका आधारमा नेपाल विजेता बन्नेछ । तर बङ्गलादेशका लागि भने बराबरी गर्न सकेमात्रै पनि पर्याप्त हुनेछ ।

यसअघि, आजै पौने ३ बजे भुटान र श्रीलङ्का भिड्ने छन् । भुटान ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा श्रीलङ्का अङ्कविहीन हुँदै पुछारमा छ ।