१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारभित्र के गरिरहेका छन् रवि लामिछाने ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा साढे ३ महिनादेखि हिरासतमा छन् । उच्च अदालतको आदेश अनुसार जिल्ला कारागार रुपन्देहीमा उनी गत चैत २५ गतेदेखि बसिरहेका छन् ।

चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला कारागार रुपन्देहीमा २५ गते ल्याइएको हो । त्यही दिनदेखि उनलाई जिल्ला कारागारमा राखिएको छ ।

कारागारमा उनलाई भेट्न पार्टीका नेता तथा कार्यकर्ता मात्र पुग्ने गरेका छन् । दैनिक २–३ जना भेट्न पुग्ने गरेका छन् । तर अरु राजनीतिक दलका नेता कार्यकर्ता तथा आमनागरिक खासै पुग्दैछन् ।

रविको स्वास्थ्य अवस्थालाई लिएर धेरै मानिसले चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । तर उनको स्वास्थ्य अवस्था राम्रो छ । उनले कारागारमा नियमित ब्यायाम र ध्यान गर्ने गर्छन् । पुस्तक पनि उनले निकै पढ्ने गरेका छन् ।

रविको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा चासो हुन थालेपछि उनका स्वकीय सचिव अविनाश आचार्यले सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका छन् । उनले लेखेका छन्–

रूपन्देही कारागारमा रवि दाईलाई भेट्न असमर्थ हुने धेरै शुभचिन्तकले उहाँको स्वास्थ्य अवस्थाबारे निरन्तर चासो र चिन्ता व्यक्त गरिराख्नुभएको छ। म निरन्तर रूपन्देहीमै छु । उहाँको स्वास्थ्य एकदमै राम्रो छ। उहाँ नियमित व्यायाम गर्नुहुन्छ, नियमित योग, ध्यान, प्राणायाम गर्नुहुन्छ, पुस्तकहरू पढ्नुहुन्छ । कारागारभित्रै उपलब्ध हुने सन्तुलित भोजन खानुहुन्छ। त्यसैले उहाँको स्वास्थ्यमा कुनै पनि समस्या छैन। स्वास्थ्यमा समस्या छ भनेर कहिँ कतै सामाजिक सञ्जालमा आएका कुराहरु झुठा हुन्। उहाँको स्वास्थ्य अवस्था बारे चासो राख्ने तपाईं सबैलाई उहाँले धन्यवाद भन्नुभएको छ ।

कारागारभित्र लामिछानेले अध्ययनमा धेरै समय बिताउने गरेका छन् । ऐतिहासिक पुस्तकहरूमा उनको रुचि रहेको बताइएको छ ।

लामिछानेले कारागारभित्रै पकाइएको खाना खाने गरेका छन् । त्यसमा सामान्यतया दाल, भात, तरकारी हुने गरेको छ ।
कारागार प्रशासनले भित्र रेडियो सुन्न र फोन गर्ने व्यवस्था बन्दीहरूलाई मिलाएको छ । कहिलेकाहीँ रवि लामिछानेले पनि फोनको प्रयोग गर्छन् ।