२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकमा विद्या भण्डारी र शेखर कोइरालाको चर्चा



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारी र कोइरालासँग जोयिडएर भएका राजनीतिक गतिविधिकाबारेमा मन्त्रिपरिषद्मा ब्रिफिङ गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले भण्डारीसँग आइतबार भएको भेटका विषयमा पनि चर्चा गर्नुभएको थियो । उहाँले केही व्यक्तिले भण्डारीलाई सक्रिय राजनीतिमा आउन उकासेको र बढी प्रचारबाजी गरेको बताएका थिए ।

‘उहाँसँग निकै नै राम्रो छलफल भयो । उहाँलाई ज–जसले उकास्दै आएका छन् । आजदेखि त्यो पनि बन्द भएको छ । हामी दुवै जना आजदेखि ’क्लियर’ भएका छौं,’ बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो । पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने कि नफर्किने विषयमा भने प्रधानमन्त्री ओलीले स्पष्टरुपमा खुलाउनुभएन ।

बैठकमा नेपाली कांग्रेस नेता शेखर कोइरालाको विषयले पनि मन्त्रिपरिषद् बैठकमा प्रवेश पाएको थियो । प्रधानमन्त्री ओलीले कोइरालाले संसदमा गणितीय अभ्यास गर्न खोजे आरोप लगाउनुभएको थियो । तर, कोइरालाको प्रयास सम्भव नहुने उहाँको भनाइ थियो ।

कोइरालाले केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटवार्ता गर्नुभएको थियो । त्यसपछि भण्डारीसँग पनि उहाँले राजनीतिक विषयमा छलफल गर्नुभएको थियो । आइतबारमात्रै कोइरालाले आफू पक्षीय सांसदहरूसँग एक होटलमा छलफलमा गर्नुभएको थियो ।