१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा ढिलासुस्ती रोक्न एमालेले लेखा समितिलाई दिए ध्यानाकर्षण



अ+ अ-

सुर्खेत। डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत आयोजनाको प्रगति सुस्त भएको भन्दै नेकपा (एमाले) डोल्पाले संघीय संसदको सार्वजनिक लेखा समितिमा ध्यानाकर्षण गराएको छ।

आयोजनाको निर्माण कार्य लामो समयदेखि ढिलाइमा परेपछि एमाले डोल्पाले हस्तक्षेप गरी कामलाई तिव्रता दिन आग्रह गर्दै औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको हो।

एमाले डोल्पाका अध्यक्ष लंक रोकायका अनुसार हालको ठेक्का प्रक्रिया रोकिनु आयोजनाको ढिलाइको मुख्य कारण हो। “डोल्पामा कार्यरत व्यवसायी तथा समूहहरूलाई बेवास्ता गरी बाहिरी समुहलाई ठेक्कामा प्राथमिकता दिइनु निन्दनीय मात्र होइन, स्थानीयताको पनि अपमान हो,” उनले भने।

उनले स्थानीय हित र जनअपेक्षा अनुसार आयोजना निर्माणमा कुनै प्रकारको अवरोध नआओस् भन्नेमा जोड दिएका छन्। “हामीले निर्माण कार्य छिटो अघि बढाउन लेखा समितिलाई ध्यानाकर्षण गराएका हौँ,” अध्यक्ष रोकायले बताए।

यसैबीच, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पनि विषयप्रति ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्। एमाले डोल्पाले समितिलाई चाँडै छानबिन गरी आयोजनाको प्रगति सुनिश्चित गर्न आवश्यक निर्देशन दिन आग्रह गरेको छ।

डोल्पाको यो जलविद्युत् आयोजना त्यहाँको ऊर्जा सम्भावना र समृद्धिको ढोका खोल्ने परियोजना मानिन्छ। तर ठेक्का प्रक्रिया र निर्माणको ढिलासुस्तीले जनतामा निराशा बढेको स्थानीय नेताहरूको भनाइ छ।




भर्खरै