३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा ढिलासुस्ती रोक्न एमालेले लेखा समितिलाई दिए ध्यानाकर्षण



अ+ अ-

सुर्खेत। डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत आयोजनाको प्रगति सुस्त भएको भन्दै नेकपा (एमाले) डोल्पाले संघीय संसदको सार्वजनिक लेखा समितिमा ध्यानाकर्षण गराएको छ।

आयोजनाको निर्माण कार्य लामो समयदेखि ढिलाइमा परेपछि एमाले डोल्पाले हस्तक्षेप गरी कामलाई तिव्रता दिन आग्रह गर्दै औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको हो।

एमाले डोल्पाका अध्यक्ष लंक रोकायका अनुसार हालको ठेक्का प्रक्रिया रोकिनु आयोजनाको ढिलाइको मुख्य कारण हो। “डोल्पामा कार्यरत व्यवसायी तथा समूहहरूलाई बेवास्ता गरी बाहिरी समुहलाई ठेक्कामा प्राथमिकता दिइनु निन्दनीय मात्र होइन, स्थानीयताको पनि अपमान हो,” उनले भने।

उनले स्थानीय हित र जनअपेक्षा अनुसार आयोजना निर्माणमा कुनै प्रकारको अवरोध नआओस् भन्नेमा जोड दिएका छन्। “हामीले निर्माण कार्य छिटो अघि बढाउन लेखा समितिलाई ध्यानाकर्षण गराएका हौँ,” अध्यक्ष रोकायले बताए।

यसैबीच, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पनि विषयप्रति ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्। एमाले डोल्पाले समितिलाई चाँडै छानबिन गरी आयोजनाको प्रगति सुनिश्चित गर्न आवश्यक निर्देशन दिन आग्रह गरेको छ।

डोल्पाको यो जलविद्युत् आयोजना त्यहाँको ऊर्जा सम्भावना र समृद्धिको ढोका खोल्ने परियोजना मानिन्छ। तर ठेक्का प्रक्रिया र निर्माणको ढिलासुस्तीले जनतामा निराशा बढेको स्थानीय नेताहरूको भनाइ छ।