९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुर्खेतमा डेंगी संक्रमितको संख्या दोब्बर

सुर्खेतमा डेंगी संक्रमितको संख्या दोब्बर
अ अ+ अ-

सुर्खेत। पछिल्लो पाँच वर्षमा सुर्खेतमा डेंगी संक्रमितको संख्या तीव्र रूपमा बढेको छ। आर्थिक वर्ष २०७७/०७८ मा ६३९ जनामा मात्र देखिएको डेंगी संक्रमण २०८१/०८२ मा १,८३७ पुगेको छ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका मलेरिया निरीक्षक उदय बिसीका अनुसार परीक्षणको संख्याका आधारमा पनि संक्रमण दर उल्लेख्य रहेको छ।

उनका अनुसार २०७८/०७९ मा ५,३३० जनामा परीक्षण गर्दा १,३२२ जनामा, २०७९/०८० मा ८,४१६ जनामा परीक्षण गर्दा १,४८४ जनामा, २०८०/०८१ मा ८,९५२ जनामा परीक्षण गर्दा ५७१ जनामा र २०८१/०८२ मा १४,०३७ जनामा परीक्षण गर्दा १,८३७ जनामा डेंगी संक्रमण पुष्टि भएको हो।

सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा बढी डेंगी संक्रमण देखिएको छ। पछिल्लो वर्ष मात्रै वीरेन्द्रनगरमा १,४१६ जना संक्रमित भेटिएका छन्। अन्य पालिकाहरूमा गर्भाकोटमा १४३, पञ्चपुरीमा १३५, लेकबेसीमा ३८, भेरीगंगामा २९, चिङ्गाडमा ९, सिम्तामा ६, र चौकुने गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन्।

डेंगी संक्रमणका कारण अहिलेसम्म सुर्खेतमा चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। तीमध्ये दुई जना वीरेन्द्रनगर, एक जना गर्भाकोट र एक जना बराहताल गाउँपालिकाका हुन्।

डेंगी संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ घोषणा गरेको छ। यो अभियानअन्तर्गत जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले विविध कार्यक्रम संचालन गरिरहेको छ। मलेरिया निरीक्षक बिसीका अनुसार प्रत्येक शुक्रबार ‘सफा शुक्रबार’ अभियानमार्फत सार्वजनिक संस्थान, विद्यालय र कार्यालयहरूको सरसफाइ भइरहेको छ।

‘हप्ताको एक दिन, एक घण्टा – हुदैन कुनै कष्ट, समुदायको सहभागितामा लार्भा नष्ट’ भन्ने नारासहित टोलटोलमा लामखुट्टेको प्रजनन स्थल पहिचान गरी नष्ट गर्न स्वयंसेवक परिचालन गरिएको छ। साथै, डेंगीबारे चेतना फैलाउन रेडियो जिङ्गल, मोबाइल रिङ्गटोन, ब्यानर, पोस्टर र सामाजिक सञ्जालहरूमा सामग्री प्रकाशन गरिँदैछ।

विद्यालयस्तरमा पनि स्वास्थ्य दूत कार्यक्रम, वादविवाद, निवन्ध तथा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ अनुगमन जस्ता क्रियाकलापहरू सञ्चालन भइरहेका छन्। होटल, उद्योग, अटोवर्कशप, कबाडी सामान भण्डारणस्थलहरूमा अनुगमन जारी छ भने युवाहरूलाई ‘खोज तथा नष्ट’ अभियानमा परिचालन गरिँदैछ।

जनस्वास्थ्य कार्यालयका अनुसार डेंगी नियन्त्रणका लागि बहु–संस्था सहकार्य, समुदाय सहभागिता र निरन्तर सचेतना अभियान नै दीर्घकालीन समाधान हुन्।