१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ



अ+ अ-

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट झालाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोसपूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको छ । २०८१ चैत २५ मा झाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो ।