९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौं । मधेशवादी अभियन्ता एवं मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।

जाहेरवाला पक्षको दाबी पुष्टि हुने–नहुने कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । पीडितले राष्ट्रिय महिला आयोगमा पुगेपछि केही महिला अधिकारकर्मी लिएर प्रहरीमा जाहेरी दिएकी हुन् ।

तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

तर, कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।