९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित

न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित
अ अ+ अ-

कञ्चनपुर। न्यून बजेटका कारण महाकाली ‘करिडोर’ निर्माण कार्य प्रभावित भएको छ । बजेट अभाव, रूख कटानलगायत कारणले करिडोर निर्माणको काम सुस्त छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा करिडोर निर्माणका लागि रु २२ करोड ९७ लाख बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) योजना कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिनुभयो ।

“योजनाअन्तर्गत कार्यालयले रु डेढ अर्ब दायित्व भुक्तानी गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।” यही परिमाणमा बजेट प्राप्त भए उक्त करिडोर निर्माण गर्न वर्षौँ लाग्ने प्रमुख सुनारले बताउनुभयो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ‘ट्र्याक’ खोल्न बाँकी छ । करिडोरअन्तर्गत डडेल्धुरामा करिब २७ किलोमिटर, बैतडीमा नौ र दार्चुलामा १८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । करिडोरको हालसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ । विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिने अवस्था नभएको प्रमुख सुनारले बताउनुभयो ।

दार्चुलाको मालिकार्जुन र खलङ्गा–हिकिला खण्डमा सडक कालोपत्रका लागि काम भइरहेको छ । महाकाली करिडोर योजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटरमध्ये कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५८, बैतडीमा १४४ र दार्चुलामा १२१ किलोमिटर सडक पर्छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

प्रमुख सुनारका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा १४४ किलोमिटर र दार्चुलामा १२१ किलोमिटर सडक निर्माण हुनेछ । यसमध्ये कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा २८, बैतडीमा ११४ र दार्चुलामा ७७ किलोमिटर ट्र्याक खुलेको छ ।

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको सो करिडोर सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्दै नेपाल–चीन सिमानामा रहेको पिल्लर नं १ सम्म ४१३ किलोमिटर लामो छ ।

यो सडकवाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारणा व्यापारिक महत्व अझ धेरै छ । आयोजनाको सुरुको कुल लागत अनुमान रु १८ अर्ब १६ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य भए पनि बजेट अभाव, रूख कटानलगायतका प्रक्रियागत समस्याले योजनाको लागत र समय बढ्दै गएको छ । रासस