४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण



अ+ अ-

गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ ।

जिल्ला सुरक्षा समिति कास्कीको आज बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका लामो दूरीका सवारीसाधनलाई साँझ ४ः०० बजेपछि र छोटो दूरीका सवारीसाधनलाई साँझ ५ः०० बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ ।

यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले सम्भाव्य मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले सवारीसाधनको समय तालिका निर्धारण गरेको उहाँले बताउनुभयो ।