१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित



अ+ अ-

सुर्खेत। लामो समयदेखि आन्दोलनमा रहेका मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम आइतबारदेखि फिर्ता लिएका छन्। विश्वविद्यालय प्रशासनसँग भएको औपचारिक वार्तामा सहमति जुटेसँगै आन्दोलन स्थगित गरिएको हो।

विश्वविद्यालयद्वारा गठित वार्ता समिति र आंशिक प्राध्यापक संघबीच भएको संवादबाट सहमतिको वातावरण बनेको हो। संघले आन्दोलन फिर्ता लिने निर्णय विश्वविद्यालयले प्रस्तुत गरेको “आंशिक शिक्षकहरूको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन–२०८२” बमोजिम सहमति कार्यान्वयन गरिने प्रतिबद्धतापछि गरेको जनाएको छ।

वार्ता समितिले तयार पारेको सहमतिको दस्तावेज विश्वविद्यालयका प्रमुख पदाधिकारीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। संघले अब सहमतिका बुँदाहरूको प्रभावकारी कार्यान्वयनको अपेक्षा राखेको छ।

यस सहमतिसँगै विश्वविद्यालयको शैक्षिक वातावरण सामान्य हुने अपेक्षा गरिएको छ।