८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं

शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले डा. शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ ।

पार्टीका सांसद एवं कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आईतवार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताउनु भयो । बैठकमा नेता कोईरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गर्नुभएको बताउनु भयो । सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसा लगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताउनुभएको डा. कोईरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । डा. शेखर कोईरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रिफिङ गर्नुभयो । पार्टी फुटाउने चाहना, हर्कत गरिरहनुभएको होइन । किन यसरी मुभ गरिरहनुभएको छ भन्ने प्रश्न भयो । अनुकुलअनुसार भेटेर आफ्नो कुरा राख्नुभएको हो । सुशासनको कुरा भएको छ । संसदमा उठेको भिजिट भिसा लगायतका कुराहरुमा राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरुसँग कुरा राखेको हो भन्ने कुरा राख्नुभएको छ ।’

राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरुसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो ।