३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको छलफल सकारात्मक हुने बताउनुभएको छ ।

ओली र भण्डारीबीचको छलफलका क्रममा पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भेटपछि सकारात्मक र सुखद् समाचार सुन्न पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले पार्टीभित्र धेरै विवाद छ र समाधान नै हुन सक्दैन झैँ प्रचार गरिएको भन्दै त्यस्तो अवस्था नरहेको बताउनु भयो । पोलिटब्युरो बैठकमा नेताहरुले पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल गरेर भण्डारीको सक्रिय राजनीतिमा आउने वा नआउने भन्नेबारे निकास दिनुपर्ने सुझाव दिएका थिए ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्र जुन प्रकारको विवाद र द्वन्द्व छ, यो समाधान नहुने ठाउँमा पुगेको छ भन्ने चर्चा र परिचर्चा भएको छ । त्यस प्रकारको हो भन्ने मलाई लाग्दैन । पोलिटब्युरोको बैठक र सचिवालयको बैठकमा पनि धेरै कमरेडहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्ने की नगर्ने भन्नेबारेमा दुई जनाको बीचमा सघन रुपमा छलफल भएर सहज निकास निकाल्नुस् भन्ने सुझाव दिएअनुरुप आज भेट भएको हो । सकारात्मक र सुखद् समाचार सुन्न पाउनेछौँ ।’

पूर्वराष्ट्रपति भण्डारीले पहिला नै पार्टी सदस्यता नविकरण गरिसक्नुभएको बताउनु भयो ।