९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जुवाडे प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । प्रहरीले रु एक लाख ३५ हजार ३०० सहित जुवा तास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ ।

नियन्त्रणमा लिएकामा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेपलाञ्चोकको चौर देउराली गाउँपालिका–३ घर भई हाल चन्द्रागिरि नगरपालिका–३ गैरी गाउँ बस्ने ४५ वर्षीय सोमबहादुर तामाङ, शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे घर भई बस्ने ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरि नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिरराज थापा तथा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४२ वर्षीय पर्शुराम श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ–१३ ताहाचलस्थित एक घरमा जुवा तास खेल्ने तथा खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।”