८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

निकुञ्जभित्रका खानीहरुको उत्खनन गर्न नपाउने कानून निर्माण गर्न हुँदैनः सांसदहरु

निकुञ्जभित्रका खानीहरुको उत्खनन गर्न नपाउने कानून निर्माण गर्न हुँदैनः सांसदहरु
अ+ अ-

काठमाडौँ । सांसदहरुले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका खानीहरुको उत्खनन नै गर्न नपाउने गरी कानून निर्माण गर्न नहुनेमा जोड दिएका छन् । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रात्यायोजित विधायन समितिको बैंठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले सबैको उद्देश्य वातावरण पनि नबिग्रियोस्, विकास पनि होस्, वन्यजन्तुको अधिकार पनि सुनिश्चित होस् भन्ने नै रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुमित्रा बिसीले निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने बताउनु भयो । उहाँले निकुञ्जभित्र रहेका खानीहरुको अन्वेषण गर्न दिने मात्रैले नपुग्ने भन्दै त्यहाँका खानी उत्खनन गर्न पनि दिनुपर्ने बताउनु भयो । निकुञ्जभित्रै उद्योग खोल्न दिनेकुरा गलत रहेको र उत्खनन गरेर देशको विकास गर्ने काम राम्रो भएको बताउनु भयो । कानून बनाउने नाममा निकुञ्जभित्रको केही प्रयोग गर्नै नमिल्ने बनाउनुले केही अर्थ नराख्ने बताउनु भयो ।  सांसद बिसीले समितिले दिएको सुझाव भविष्यमा पछुतो हुने खालको हुन नहुने बताउनु भयो ।

सांसद बिसीले भन्नुभयो,‘हामी सबैको उद्देश्य भनेको वातावरण पनि नबिग्रियोस्, विकास पनि होस्, वन्यजन्तुको अधिकार पनि सुनिश्चित होस् । निकुञ्जलाई कडाइका साथ संरक्षण गरौँ भन्ने उद्देश्य हो । त्यसभित्र हाम्रो देशलाई, विकासलाई नै प्रभावित पार्ने खानीहरु भए निकाल्नुपर्छ । अन्वेषणमात्रै गर्ने भनेको छ । अन्वेषण मात्रै गरेर कसरी विकास होला । त्यहीँभित्र उद्योग खोल्ने कुरा पो बेठिक कुरा होला । त्यहाँभित्रको चिज नै ननिकाल्ने भन्नेकुरा त्यति राम्रो हुन्छ भन्ने मलाई लाग्दैन । कानून बनाउने नाममा यहाँभित्रको केही पनि प्रयोग गर्न नमिल्ने कानून बनाउनुले पनि केही अर्थ राख्दैन ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद श्रीकृष्णप्रसाद अधिकारीले राष्ट्रिय निकुञ्जको संरक्षणको लागि कसिलो कानून बनाउनुपर्ने बताउनु भयो । राष्ट्रिय निकुञ्जभित्र पर्ने चितवनको माडी र ठोरीलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा चुनौतिको विषय रहेको बताउनु भयो । राष्ट्रिय निकुञ्जभित्रका खानीहरुको उत्खनन आवश्यकता र अपरिहार्यताअनुसार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्जको संरक्षणको लागि कसिलो बनाउनुपर्छ । माडी र ठोरीको प्रश्न संवेदनशिल छ । त्यहाँ निकास नदिने हो भने त्यो बाटो नै बन्द  हुन्छ । राज्यले त्यहाँको जनतालाई अर्को ठाउँमा व्यवस्थापन गर्नसक्ने स्थिति छैन । अण्डर पास, ओभर पासको कुरामा हामीले निकास दिनुपर्ने कुरामा हेर्नुपर्छ । निकुञ्जभित्रका अति महत्वपूर्ण खानीहरु भनेका छौँ, राष्ट्रको आवश्यकता र अपरिहार्य बन्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले नेपालमा विकास भनेको बाटो र बिजुली मात्रै हो भन्ने भाष्य निर्माण गरिएको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्जभित्र उद्योग सञ्चालन गर्न दिनु नहुने भन्दै निकुञ्जभित्र उद्योग धन्दा सञ्चालन गर्दा ठूलो विरोध हुनसक्ने र आफ्नो भइरहेको सम्पती पनि गुम्ने खतरा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकास भनेको बाटो र बिजुलीले मात्रै हुने होइन । राष्ट्रिय निकुञ्जभित्र उद्योग सञ्चालन गर्न दिनु हुँदैन । विकास निर्माण भनेपछि केबुलकार, बाटो मात्रै हो भन्ने भाष्य नेपालमा निर्माण भएको छ । निकुञ्जभित्र उद्योगधन्दाहरु सञ्चालन गर्न दिँदा सबैले विरोध गर्दछन् ।’

समितिको बैठकमा सांसदहरुले राष्ट्रिय निकुञ्ज महत्वपूर्ण क्षेत्र भएकाले सबैले बुद्धिमतापूर्वक यसबारेमा निर्णय गर्न सुझाव दिएका छन् ।